PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पोखरामा एघारौं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुनमा



पहिलोपोस्ट

पोखरा : भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजनामा फागुन ७ गते ११औं  सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ।
 
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने धावकले क्रमशः रु ६० हजार, रु ४० हजार र रु २५ हजार र रु चार हजार पाउनेछन्।
 
सो अवसरमा छात्रछात्रा पाँच किलोमिटर र पुरुष महिला ह्वीलचेयर प्रतियोगिता पनि आयोजना गरिनेछ।
 
पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु सात, पाँच र तीन तथा ह्वीलचेयरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः तीन, दुई र एक हजार रुपैयाँ पाउने आज आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिए।
 
पोखराको पर्यटकीय प्रवर्द्धन, कुनाकाप्चामा रहेका प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन एवम् सुन्दर पोखरा सहरलाई विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell