PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त पन्तले आज पत्र बुझे



पहिलोपोस्ट

काठमाडौँ : स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा राजेन्द्र पन्त नियुक्त भएका छन्।
 
बालस्वास्थ्य महाशाखाका निर्देशक डा पन्तलाई मन्त्रीस्तरीय निर्णय गरी बिहीबार स्वास्थ्यमन्त्री गगन थापाले महानिर्देशकमा नियुक्त गरेको मन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए। नवनियुक्त महानिर्देशक पन्तले आज नियुक्ति पत्र बुझेका छन्। विभागका महानिर्देशक डा पुष्पा चौधरीलाई प्रसूतिगृहमै काज फिर्ता गरिएको सल्लाहकार पौडेलले बताए।
 
यसैगरी, सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रक्रियाअघि बढाएको छ। राप्ती उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठान बनाउने सरकारले तयारी गरेको हो। बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान निमार्णका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले बताए।
 
सल्लाहकार पौडेलका अनुसार प्रतिष्ठानको विधेयक तयार भइसकेकाले चाँडै संसद्मा दर्ता हुनेछ। सरकारले यो प्रतिष्ठाने प्रदेश नम्बर ५ का लागि स्थापना गर्न लागेको हो।
 
सरकारले डा गोविन्द केसीले प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज हुनुपर्ने मागमा सहमति गरेसँगै यो प्रक्रिया अगाडि बढाइएको बताइएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell