PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर



रासस

पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

काठमाडौँ : आर्थिक वर्ष २०७३/७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति रु ४० करोड ८८ लाख ७६ हजार रहेको छ।
 
नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पति रहेको छ। यस्तै शेयरतर्फ विभिन्न बैंक तथा सङ्घ संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता रहेको छ।
 
नबिल बैंक लिमिटेडमा दुई लाख ५७ हजार ६४२ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता र इन्ड्रष्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७५० कित्ता रहेको ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले जानकारी दिए।

यस्तै ट्रष्टको नाममा किष्ट बैंकको खातामा ४८ हजार ४६६ पाउन्ड स्टर्लिङ र प्रभु बैंकको खातामा एक लाख ३८ हजार ६२६ अमेरिकन डलर रहेको ट्रष्टले जनाएको छ। ट्रष्टले पूर्वराजाको परिवारको नाममा हालसम्म २३ हजार रोपनी जग्गा फेला पारेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell