काठमाडौं : अख्तियार दुरुपयोग अुनसन्धान अयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालो मोसो दल्दा एक महिना कैद सजाय पाएका चन्द्रबहादुर बुढा र प्रकाश शाही कारागारमुक्त भएका छन्।
बुढा र शाहीले सर्वोच्च अदालत परिसरमा कार्कीलाई कालो मोसो दलेका थिए। उनीहरुलाई सर्वोच्च अदालतले मानहानीको मुद्दामा एक महिना कैद सजाय सुनाएको थियो।
कैद भुक्तानका लागि दुवै केन्द्रीय कारागार सुन्धारामा एक महिना बसेका थिए। शुक्रबार दुबै कारागारमुक्तहुँदा उनीहरुलाई लिन नेत्रविक्रम चन्द विप्लव समुहका केही कार्यकर्ता पुगेका थिए।
शाहीले पार्टी संगठनको योजनामै कालो मोसो दलिएको दावी गरेका थिए। बाक्लो सुरक्षा घेरामा रहेका कार्कीलाई उनीहरुले कसरी मोसो दल्न सके ।
'अहिलेसम्म कुनै अदालत छिरेको थिइन्।
सर्वोच्च छिर्नेभन्दा डर लागेको थियो,' शाही भने, 'त्यस दिन १० बजेतिर सर्वोच्च अदातल पुग्दा केही भिड थियो, त्यही मौकामा भित्र छिर्यौं। अदातल परिसरमा बिना काम ४ बजेसम्म बस्दा कसैले केही भनेन। नेपालमा भिआइपीको सुरक्षा केही रहेनछ ।'