PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

ड्युटीमै लडेर बेहोस भएका बैंक कर्मचारीको मृत्यु



पहिलोपोस्ट

काँकडभिट्टा (झापा) : नेपाल बैंक काँकडभिट्टा शाखाका कर्मचारीको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको छ।
 
कार्यालय समयमै काम गरिरहेका बेला एक्कासि रिङ्गटा चलेर बेहोस भएका मेचीनगर–१० का ४८ वर्षीय दिवाकर आचार्यको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो।
 
उनी पाँचौं तहका कर्मचारी रहेको बैंकका निमित्त प्रमुख सुरेशबहादुर श्रेष्ठले बताए।  दिउँसो एक्कासि रिङ्गटा चल्यो भन्दै बेहोस भएका दिवाकरलाई उपचारका लागि तत्काल बिएन्डसी हस्पिटल लगिएको थियो।  
 
उपचारमा संलग्न डाक्टरले अत्यधिक प्रेसर बढेका कारण हृदयाघात भई उनको मृत्यु भएको जनाएको निमित्त प्रमुख श्रेष्ठले बताए।रासस
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell