PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कालु पाँडेको समाधिस्थलमा साहित्यकार छाङ्छाका दुई कृति विमोचित



पहिलोपोस्ट

कालु पाँडेको समाधिस्थलमा साहित्यकार छाङ्छाका दुई  कृति विमोचित

काठमाडौँ : नियात्राकार एवम् कवि जय छाङ्छाको नियात्राकृति ‘दोहाको सीधा उडान’ तथा नियात्रा कविताकृति ‘यात्रामा कविता’ एकसाथ विमोचन गरिएको छ। 

नागार्जुन नगरपालिकाको पौराणिकस्थल इन्द्रदहअर्थात् देवदहको सिरानमा अवस्थित ऐतिहासिकस्थल एवम् काजी कालु पाँडेको समाधिस्थलमा ती कृतिहरु विमोचन भएका हुन्। स्रष्टा तथा पत्रकार टोलीको स्रष्टा पदयात्रा अभियानअन्तर्गत तेस्रो पदयात्रा शृङ्खलाको क्रममा ती कृति शुक्रबार विमोचित भएका हुन्। 

स्थानीय समाजसेवी भरत खत्रीको सभापतित्व एवम् साहित्यकार भुवनहरि सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भर्खरै प्रकाशित यात्रामा कविताको अङ्ग्रेजी अनुवाद कृति ‘द्याट आई लभ्ड द वर्ल्ड’ को सार्वजनिकीकरण पनि गरिएको थियो।
 
विमोचन कृतिका बारेमा अन्वेषकद्वय डा भक्त राई तथा शीतल गिरीले प्रकाश पारेका थिए। साहित्यकार नारायण तिवारी, शशी थापा पण्डित, डिल्लीराज अर्याल, पत्रकार डिल्लीरमण सुवेदीले आफ्ना विचार राख्दै रचना समेत प्रस्तुत गरे।
 
प्रमुख अतिथि सिग्देलले समुद्र सतहभन्दा २,३७० मिटर उचाइमा अवस्थित ऐतिहासिक स्थलमा नियात्राकारका दुई कृति विमोचन गर्ने अवसर दिएकोमा बधाई दिए। सो अवसरमा उनले यही ठाउँमा आफूले बाल्यकालमा काफल खोजी खाएको स्मरण पनि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell