PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

भूकम्पले क्षतिग्रस्त रसुवागढीको पर्खाल मर्मत, सँगसँगै थालियो पुनर्निर्माण



पहिलोपोस्ट

रसुवा : गत वर्षको भूकम्पले क्षति पुर्‍याएको रसुवागढीका पर्खाल मर्मत एवम् पुनःनिर्माण सुरु गरिएको छ।
 
सहरी विकास तथा भवन डिभिजन कार्यालय रसुवाका प्रमुख राजेन्द्र खतिवडाका अनुसार नेपाल र तिब्बत युद्धको समयमा निर्माण गरिएको ऐतिहासिक गढी भूकम्पले क्षति पुर्‍याएपछि पुरातत्व विभागको अनुमतिमा मर्मत एवम् पुनःनिर्माण अगाडि बढाइएको हो।
 
गढीको पर्खाल भूकम्पले भत्काएको, तत्कालीन समयमा फौजीले कवाज खेल्ने मैदानको डिल भत्केकाले पुरानो स्वरुप नबिग्रने गरी ढुङ्गा काटेर मर्मत गरिएको छ। फौजी परिचालनका लागि आदेश दिने हालको मितेरी पुलमाथिको कमाण्डर पोस्टमा समेत भूकम्पले क्षति पुर्‍याएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell