PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

स्थानीय निर्वाचनको लागि उदयपुरमा १६ दल दर्ता



पहिलोपोस्ट

गाईघाट (उदयपुर) :  स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको उदयपुर जिल्लामा १६ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय उदयपुरमा दर्ता भएका छन्।
 
निर्वाचन आयोगले पुस २४ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन दिएका कारण उदयपुरमा पनि सोही मितिसम्ममा १६ राजनीतिक दलले पार्टीको विवरण र जिल्ला समितिको सदस्यको नाम समेत बुझाएको जिल्ला निर्वाचन कार्यालय, उदयपुरले जनाएको छ।
 
यसरी जिल्लामा पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (माले), सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल रहेका छन्।
 
अन्यमा नयाँशक्ति पार्टी, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), तमलोपा, समाजवादी जनता पार्टीले आफ्ना विवरण बुझाएर दललाई आधिकारिक रुपमा दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतले बताए।
 
आयोगमा दर्ता नभएका दुई दल एकीकृत नेपाल राष्ट्रवादी पार्टी र नेपाल पूर्व राष्ट्रसेवक पार्टीले समेत आफ्ना विवरण बुझाएको बस्नेतले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell