PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

बुण्डेसलिगा : लेवान्डास्कीको दुई गोलमा वायर्नको कमब्याक जित



पहिलोपोस्ट

बुण्डेसलिगा : लेवान्डास्कीको दुई गोलमा वायर्नको कमब्याक जित

रोवर्ट लेवान्डास्कीले दुई गोल गरेपछि वायर्न म्युनिखले जर्मन बुण्डेसलिगमा फेइवर्गलाई २-१ गोल अन्तरले पराजित गरेको छ।  एक गोलले पछि परेको अवस्थामा लेवान्डास्कीले पहिलो हाफमा बराबरी गोल फर्काए भने इन्जुरी टाइममा विजयी गोल गरे।

घरेलु मैदानमा भएको खेलको चौथो मिनेटमै जानिक हावेररले गोल गर्दै फेइवर्गलाई पहिले अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिक्न सकेन। ३५ औं मिनेटमा लेवान्डास्कीले भलीमार्फत गोल गर्दै १-१ को बराबरी गरे। 

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपनि इन्जुरी टाइमको पहिलो मिनेटमा फ्रान्क रिवेरीको क्रसमा लेवान्डास्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई ३ अंक दिलाए। 

जितसँगै लिग लिडर वायर्नले दोस्रो स्थानको लेइपजिगमाथि ६ अंकको अग्रता बनाएको छ। १७ खेलबाट वायर्नको ४२ अंक छ भने एक खेल कम खेलेको लेइपजिग ३६ अंकसहित दोस्रो स्थानमा छ। लेइपजिगले आज एनट्राक्ट फ्रायंकफर्टसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell