PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

हुलाक सेवा सामुदायिक सूचना केन्द्रमा बदलिन्छन् : सञ्चारमन्त्री कार्की



पहिलोपोस्ट

हुलाक सेवा सामुदायिक सूचना केन्द्रमा बदलिन्छन् : सञ्चारमन्त्री कार्की

हेटौँडा : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउने आफ्नो योजना रहेको बताएका छन्।
 
नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको सूचना केन्द्रको आज उद्घाटन गर्दै मन्त्री कार्कीले हुलाक सेवा सूचना तथा सञ्चारको अत्याधुनिक अवस्थामा कार्यविहीन भएको भन्दै सरकारले सूचनाको क्षेत्रमा सदुपयोग गर्नुपर्ने बताए। जनतालाई सुसूचित गराउँदा जनताले लोकतन्त्रको आभास गर्ने र विकासमा समेत तीव्रता आउने उनको भनाइ छ।
 
राज्यलाई एफएम रेडियोले राजस्व बुझाउनेभन्दा जनउत्तरदायित्वको पत्रकारिता गर्दा राज्यलाई लाभ हुने मन्त्री कार्कीले बताए। रेडियो नवीकरण दस्तुर घटाउनतर्फ आफूले निर्देशन दिएको समेत उनले जानकारी दिएका छन्। सञ्चारकर्मीले सकारात्मक समाचार दिएर पाठकको पठन संस्कृतिमा समेत सकरात्मक परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell