PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अफ्रिकन कप : सेनेगल क्वाटरफाइनलमा, दोस्रो बराबरीपछि आइभरीकोस्टलाई कठिन



पहिलोपोस्ट

अफ्रिकन कप : सेनेगल क्वाटरफाइनलमा, दोस्रो बराबरीपछि आइभरीकोस्टलाई कठिन

सेनेगल गावोनमा भइरहेको अफ्रिकन कप अफ नेसन्स अफकन को क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको दोस्रो खेलमा जिम्वावेलाई २-० ले पराजित गर्दै सेनेगल समूह बी बाट अन्तिम आठमा पुगेको हो। 

अफकन अफ्रिका महादेशको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता हो।

पहिलो खेलमा पनि सेनेगलले ट्युनिसियालाई २-० ले नै हराएको थियो। सेनेगललाई लगातार दोस्रो जित दिलाउन साढियो माने र हेनरी साएभेटले गोल गरे।

सन् २००२ को उपविजेता सेनेगलले अब समूह चरणको अन्तिम खेलमा अल्जेरियासँग खेल्नेछ। अल्जेरिया पहिलो खेलमा ट्युनिसियासँग पराजित भएको थियो। 

लगाता दोस्रो जितपछि समूह बी मा सेनेगल ६ अंकसहित शीर्ष स्थानमा छ। यस्तै एक खेलमा जित र एक हारको नतिजा निकालेको ट्युनिसिया ३ अंककासाथ दोस्रोमा छ भने समान १ अंक जोडेको अल्जेरिया र जिम्वावे क्रमशः तेस्रो र चौथोमा छ। 

यता लगातार दोस्रो बराबरीसँगै डिफेन्डिङ च्याम्पियन आइभरीकोस्टलाई भने समूह चरण पार गर्न कठिन देखिएको छ। 

पहिलो खेलमा टोगोसँग गोलरहित बराबरी खेलेको आइभरीकोस्ट समूह चरणको दोस्रो खेलमा डिआर कंगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो। 

दुई बराबरीपछि २ अंक मात्र जोडेको आइभरीकोस्ट समूह सी को तेस्रो स्थानमा छ। एक जित र एक बराबरीपछि ४ अंक जोडेको डिआर कंगो समूह सी को शीर्ष स्थानमा छ भने ३ अंक जोडेको मोरोक्को दोस्रोमा छ। मोरोक्कोले एक गोलले पछि परेको स्थिती उल्टाउँदै टोगोलाई ३-१ ले पराजित गरेको छ। पहिलो खेलमा मोरोक्को डिआर कंगोसँग पराजित भएको थियो। 

अब समूह चरणको बाँकी खेलमा डिआर कंगोले टोगो र आइभरकोस्टले मोरोक्कोसँग खेल्नेछ। समूह चरण पार गर्न आइभरीकोस्टले मोरोक्कोलाई हराउनै पर्नेछ भने अर्को खेलमा पनि आफुअनुकुल नतिजा आउनुपर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell