PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

ऋषि कपुर भन्छन्- 'फिल्ममा हिरोइनसँग नाच्ने बाहेक केही गरिएन'



पहिलोपोस्ट

ऋषि कपुर भन्छन्- 'फिल्ममा हिरोइनसँग नाच्ने बाहेक केही गरिएन'

जयपुर : भारतको जयपुरमा भइरहेको साहित्य महोत्सवमा सहभागी बलिउड अभिनेता ऋषि कपुरले आफ्नो फिल्मी यात्रामा केवल हिरोइनहरुसँग नाच्ने बाहेक केही काम नगरेको बताएका छन्। उनी हालै सार्वजनिक भएको आफ्नो विवादित जीवनी 'खुल्लमखुल्ला'को प्रमोशन गर्न सम्मेलनमा पहिलो पटक सहभागी भएका हुन्।

कार्यक्रममा उनले आफ्नो ४४ वर्ष लामो फिल्मीयात्रा सम्झँदै भने, 'स्विटजरल्यान्डमा राम्री हिरोइनसँग गीत गाउने बाहेक केही गरिएन। अहिले  पो पहिलोपटक मलाई अभिनयको मौका मिलिरहेको छ।' सकारात्मक, नकारात्मक त कहिले ९० वर्षको व्यक्तिको भूमिकाका लागि आफूले अभिनय गरिरहेको कपुरले बताए।
 
२० वर्षकै उमेरमा बाँबी फिल्मको सफलताले उनको दिमाग घुमेको थियो। सो फिल्मको सफलतासँगै उनी चर्चाको शिखरमा पुगे। तर त्यो लामो समय रहेन। उनको असफतलाको यात्रा सुरु भइहाल्यो। उनले कार्यक्रममा आफ्नो छोरा रणवीर कपुर सक्रिय रहेकै बेलामा आफू समेत फिल्मी क्षेत्रमा काम गर्न पाउँदा खुसी लागेको बताएका थिए।
 
कार्यक्रममा उनले बलिउडमा रहेको परिवारवादबारे पनि बोलेका थिए। फिल्मी दुनियाँमा जमिसकेका परिवारको छोराछोरी सहजै फिल्मी क्षेत्रमा आउने सक्ने धारणा गलत रहेको बताउँदै उनले बलिउडमा भाइ-भतिजावाद नभएको दाबी गरे।
 
अभिनेताको तुलना अन्तिम फिल्मबाट हुने र त्यसैबाट ऊ सफल भयो कि असफल भन्ने समीक्षा हुने उनले बताए।
 
इमानदारीका साथ किताब लेखेँ


बायोग्राफी खुल्मखुल्लामा उल्लेख गरिएका प्रसंगका कारण ऋषि विवादमा तानिएका थिए। पुरस्कार किनेको प्रसंगदेखि परिवारका सदस्यसँगको आफ्नो सम्बन्ध तथा अभिनेता अमिताभ बच्चन बारेको प्रंसगबाट उनी विवादित पनि बने।

कार्यक्रममा भने उनले आफूले इमानदारीका साथ पुस्तक लेखेको स्पष्ट पारेका छन्। पुस्तकमा आफ्नो कमजोरी समेत नलुकाई लेखेको उनको भनाइ थियो।
 
जुन समयमा उनी फिल्मी क्षेत्रमा आएका थिए त्यो बेला अमिताभ बच्चन, धर्मेन्द्र, विनोद खन्नाको जगजगी थियो। उनीहरुको बीचमा कडा मेहनत र दर्शकको मायाले आफ्नो अलग पहिचान बनाउन सकेको उनले बताए। -बिबिसी हिन्दीबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell