PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

धुलाम्मे सडकको असरले स्वास्थ्यमा समस्या, श्वासप्रस्वासका रोगी बढे



पहिलोपोस्ट

जाजरकोट : यहाँका कच्ची तथा धुलाम्मे सडकको छेउछाउका स्थानीयबासी बढी बिरामी हुने गरेका छन्।
 
जिल्लाको खलङ्गा पाँचकाटिया सडक, छेडा–मोर्क सडक, जाजरकोट–डोल्पा सडकखण्डको छेउछाउमा घर बनाएर बसोबास गरेका स्थानीय बढी बिरामी हुने गरेका छन्। हावाहुरी तथा गाडी चल्दा धुलो घरभित्र पसेर यहाँका स्थानीयको स्वास्थ्यमा समस्या हुने गरेको छ।
 
जिल्लाका स्वास्थ्य संस्थामा उपचार गर्न आउने अधिकांश बिरामी सडकको छेउछाउमा बस्ने रहेका जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ। धुलोका कारण श्वासप्रश्वाससम्बन्धी रोगी बढी भएको पाइएको छ। धुलोका कारण स्वास्थ्यमा मात्र समस्या नभई कपडा, खाना समेत दैनिक फोहर हुने गरेका छन्।
 
यहाँका सडकमा पिच नहँदा धुलैधुलो भएको हो। सडकले सेवा मात्र ल्याएन, सँगै धुलो पनि ल्याएर आएको र यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी रहेको स्थानीयको भनाइ छ।
 
कच्ची सडकमा यातायात सञ्चालन गर्दा धुलाम्मे हुँदा सडक छेउछाउमा बस्ने स्थानीयको खानेकुरा, कपडा लगायतका वस्तु फोहर हुने गरेको छ। जाजरकोट–डोल्पाको मुख्य सडकमा समेत पिच नहुँदा स्थानीयले दैनिक धुलो खानुपरेको खगेनकोटका नेत्र बिसीले बताए।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell