PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बसको ठक्करबाट श्रीमानको मृत्यु, गम्भीर घाइते भएकी श्रीमतीको उपचार हुँदै



पहिलोपोस्ट

सुरुङगा (झापा) : पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका– १ स्थित जुके कल्भर्ट सडक खण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक महिला गम्भीर घाइते भएकी छिन्।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार ना ७ ख ३८९ नं को बसले मे १ ह १९ नं को ‘इ’रिक्सालाई ठक्कर दिँदा इरिक्सा चालक कनकाई नगरपालिका– ८ निवासी ६२ वर्षीय लक्ष्मण मगरको मृत्यु भएको हो। पूर्वबाट–पश्चिम तर्फ आउँदै गरेको इरिक्सा जुके कल्भर्टबाट उत्तर हुँदै जुमुनखाडी सीमसार क्षेत्र तर्फ मोडिदा सोही दिशातर्फ आउँदै गरेको यात्रुबाहक बसले ठक्कर दिँदा मगरको मृत्यु भएको हो।
 
बसको ठक्करबाट सोही इरिक्सामा सवार मगरकी श्रीमती ५५ वर्षीय इन्दिरा मगर गम्भीर घाइते भएकी छिन्। उनको बिर्तामोडस्थित विएन्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell