PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पर्यटक आकर्षणका लागि स्वास्थ्यसम्बन्धी विशेष ‘टूर प्याकेज’



पहिलोपोस्ट

काठमाडौं : आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ‘नेचुरिटी टुर एन्ड ट्राभस’ले विशेष ‘टूर प्याकेज’ ल्याएको छ। स्वदेश तथा विदेशका प्रमुख पर्यटकीय गन्तव्यमा टूर प्याकेज गर्दै आएको कम्पनीले नेपालमै पहिलो पटक स्वास्थ्यसम्बन्धी प्याकेज ल्याएको हो।
 
पाँच दिन र सात दिनको टूर प्याकेजमा स्वास्थ्य उपचार पनि उपलब्ध गराइनेछ। आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नयाँ टूर प्याकेज ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक अभिषेक अर्यालले जानकारी दिए। 'यो योजना पहिलो पटक नेपालमा ल्याएका छौँ, यसबाट नेपाली तथा विदेशीले घुमघामसँगै आफ्नो सम्पूर्ण शरीरको उपचार समेत गर्न पाउनेछन,' उनले भने।
 
नेपालबाट जाने पर्यटकका लागि हाल थाइल्यान्डको चर्चित सिकारिन अस्पतालमा उपचार उपलब्ध गराइने छ। त्यहाँ हाडर्जोनी र नशा सम्बन्धी सम्पूर्ण उपचार पाउने छन्। यो प्याकेजका लागि प्रत्येक पर्यटकले ५० हजार खर्च गर्नुपर्ने हुन्छ। उताबाट आउनेका लागि नेपालमा योगा चिकित्सा, थेरापी आदि उपचारको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। स्वास्थ्यसम्बन्धी प्याकेज लिन पहिला सेवाग्राहीले स्वास्थ्य सम्बन्धी रिपोर्ट अस्पताललाई बुझाउनुपर्ने हुन्छ।
 
कम्पनीले थाइल्यान्ड, मलेसिया, सिङ्गापुर हुँदै युरोपसम्म यो प्याकेज बिक्री गर्ने र हाल ती मुलुकबाट उल्लेख्य सेवाग्राही आएको प्रबन्ध निर्देशक अर्यालले बताए। कैलाश टूरका लागि पनि अहिले धेरै पर्यटक नेपाल आएको बताइन्छ। नेपालका ट्राभल एन्ड टूर कम्पनीले विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षण गर्न यतिखेर आकर्षक कार्यक्रम ल्याइरहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell