PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

प्रधानमन्त्रीले सोधे- 'गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा लडेकाहरु नै ठूलो शक्ति कसरी?'



पहिलोपोस्ट

प्रधानमन्त्रीले सोधे- 'गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा लडेकाहरु नै ठूलो शक्ति कसरी?'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब कोही कसैसँग जबरजस्ती एकताको जमाना गइसकेको बताएका छन्।
 
राजधानीमा आज मुस्लिम मुक्ति मोर्चा नेपालले गरेको अन्तरक्रियामा बोल्दै उनले कसैलाई जबर्जस्ती एकतामा आऊ भन्न सकिने अवस्था नरहेको बताए। 'नेपालमा केन्द्रीकृत राज्य संयन्त्र बनाउने कुरा पनि भयो विगतमा,' उनले भने, 'तर अब नयँ युगमा प्रवेश गरिसकेका छौं। कसैको मान्यता वा विचार सही नभए त्यो एकता झुटो मात्र हुनेछ।'
 
पहिले कुनै बेला बल प्रयोग गरेर पनि एकता गर्नुपर्ने अवस्था रहेको भन्दै उनले जबर्जस्ती एकता र सहमतिको कुरा गर्न नसकिने बताए। 'मिलेर अघि बढ्दा संविधानबाट धेरै चिज प्राप्त हुन्छन् तर मिलेनौं भने पाएको चिज पनि गुम्न सक्छ,' उनले भने, 'अहिले मधेसी र पहाडी, हिन्दु र मुस्लिम फुटाउने खालका गतिविधि भइरहेका छन्। फुटाउ र शासन गर भन्ने सिद्धान्त बोकेका एक थरी शक्तिले यो कोसिस गरिरहेको छ।' आफ्नो कोसिस जसरी पनि मधेस-पहाड जुटाउनु रहेको भन्दै उनले मधेसबिना पहाड र पहाडबिना मधेस सम्भव नहुने बताए।
 
परिवर्नन र यथास्थितिबीच तथा अग्रगमन र प्रतिगमनबीच अहिले पेचिलो संघर्ष चलिरहेको उनको भनाइ थियो।
 
परिवर्तनमा सबै जनसमुदायको भूमिका रहेको भए पनि माओवादी र पार्टी आन्दोलनले नै मुस्लिम, मधेसी, महिला, दलितहरुको मुद्दालाई एकै ठाउँमा राखेर हजारौंको बलिदान हुने गरी आँधीहुरी सृष्टि गरेको उनले बताए।
 
'वर्गीय मुक्तिको मुद्दा उठाउने पार्टी कमजोर देखियो तर जो धर्म निरपेक्षता र गणतन्त्रको विरोधमा लड्दालड्दा थाकेर अन्त्यमा परिवर्तन स्विकार्न बाध्य भए, उनीहरुचाहिँ ठूला भए,' उनले भने, 'यस्तो किन भयो? आत्मसमीक्षा गर्नुपर्छ।'
 
अहिले धर्मनिरपेक्षाता उल्ट्याउनेहरु तथा समानुपातिक समावेशी मन नपराउनेहरुको चलखेल जारी रहेकाले तिनबाट जोगिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell