
भन्न त धेरै पटक भनियो 'स्तन क्यान्सरको परिक्षण महिला आफैंले गर्न सक्छन्।' तर आफैले गर्ने परिक्षण कुन तहसम्म सत्य निस्कन्छ ? ठ्याक्कै भन्न सहज छैन। स्तनमा आउने परिवर्तनबारे अधिकांश महिला द्विविधामा हुन्छन्।
यस्तै समस्यामा परेका महिलाको समस्या समाधान गर्न कोरिन एल्सवर्थ ब्यूमोंटले उपाय खोजिन् कागतीमार्फत। स्तन क्यान्सरका कारण आफ्नी घर र मामाघर दुबैतिरको हजुरआमा गुमाएकी उनले स्तन क्यान्सरको लक्षण सहजै पत्ता लगाउने उपायको खोजीमा कागतीको प्रयोग गरिन् जसको अहिले सामाजिक सञ्जालमा राम्रो चर्चा भइरहेको छ।
उनले कागतीको स्वरुपलाई स्तनसँग जोडेर स्तनमा आइरहेके परिवर्तनको आधारमा स्तन क्यान्सरको लक्षण थाहा पाउन उनले नो योर लेमन्स नामको अभियाननै चलाएकी थिइन्।
उनले सन् २००२ मा नै यो अभियान शुरु गरेकी थिइन्। स्तनमा हुने कुन प्रकृतिको परिवर्तन क्यान्सरको लक्षण हुनसक्छ भन्ने उनले कागतीको तस्विरमार्फत चेतना फेलाउने प्रयास गरेकी थिइन् ।
प्रारम्भमा उनको अभियानतर्फ धेरैको ध्यान गएन। केही दिन पहिला स्तन क्यान्सर प्रभावित एरिन स्मिथ सिजेले सामाजिक सञ्जालमा उनल् प्रयोग गरेको कागतीको तस्विर शेयर गरेपछि यो एकाएक चर्चामा आयो। धेरैले उनको यो उपाय प्रभावकारी रहेको प्रतिकृया दिइरहेका छन्। स्तनको आकारसँग मिल्ने कागतीको त्यही तस्विर देखेर उनले स्तन क्यान्सरबारे जाकारी पाएकी थिइन्। एरिनले जव आफ्नो स्तनमा परिवर्तन देखिन त्यो बेलामा क्यान्सर चौथौ चरणमा पुगिसकेको थियो।
कतिपय महिला आफ्नो स्तनबारे कुरा गर्न चाहदैनन्। कागतीको आधारमा बनाइएको क्यान्सर पहिल्याउने उपायमार्फत सामान्य अध्ययन गरेका महिलाले पनि सहजै आफ्नो स्तनको अवस्थाबारे थाहा पाउन सक्ने कोरिनले बताइन्।
उनले स्पेन, टर्की र लेबनानमा महिलाको स्तन क्यान्सर पहिल्याउन र सचेतना बढाउन उनल यसको प्रयोग गरिरहेकी छिन्। यसका लागी विभिन्न १६ भाषामा अनुवाद समेत भइसकेको छ। लण्डनमा बस्दै आएकी उनले २ वर्ष अगाडि जागिर छाडेर जनचेतना जगाउन सक्रिय छिन्।
ब्रेष्ट क्यान्सर केयर नामक संस्थाको हालैको सर्वेक्षण अनुसार एक हजारमा एक तिहाइ महिलाले स्तन क्यान्सरबारे परिक्षण गराउँदैनन्। त्यसमध्ये ९६ प्रतिशत महिला आफ्नो स्तनमा गाँठा हुनु भनेको क्यान्सरको लक्षण हो भन्नेबारे जानकार थिए। त्यसमध्ये एक चौथाई महिला स्तनको निप्पल भित्र दब्नु पनि क्यान्सरको लक्षण हो भन्नेबारे जानकारी थिएन।
स्तनमा खाल्डो देखिनु या निप्पलमा परिवर्तन देखिनु पनि स्तन क्यान्सरको लक्षण हुनसक्छन्। स्तनमा देखिने गाँठोमध्ये १० वटा मध्ये एउटामा मात्रै क्यान्सर देखिनसक्छ। तै पनि चिकित्कसलाई देखाउनु उत्तम उपाय हो।
युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर जयन्त बैद्यले बिबिसी हिन्दीलाई जानकारी दिए अनुसार अन्डा र कागतीको तस्विरको प्रयोग गरेर स्तन क्यान्सरबारे जानकारी दिँदा महिलामा चाख बढ्ने र सहजै सम्झना हुँदा प्रभावकारी हुन्छ।