PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

यम बुद्ध सम्झिदै प्रशंसकले भने : 'नहोला सँगै आज तँ र म तर तेरो सम्झना यो मनमा छ'

यम बुद्ध सम्झिदै प्रशंसकले भने : 'नहोला सँगै आज तँ र म तर तेरो सम्झना यो मनमा छ'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : र्‍यापर यम बुद्धलाई नेपाली र्‍यापर र उनका प्रशंसकहरुले श्रद्धाञ्जली दिएका छन्। र बार्जको आयोजनामा शनिबार बशन्तपुरमा भेला भएका उनीहरुले यमबुद्धलाई सम्झदै मैनबत्ती बाले र उनको चर्चित र्‌‍याप गुनगुनाए।

यम बुद्ध नामले चर्चित नेपाली र्‍याप गायक अनिल अधिकारी शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परेका थिए। लन्डनको नर्थ होल्डस्थित घरको बाथरुममा मृत अवस्थामा फेला परेका उनले आत्महत्या गरेको अनुसन्धानमा खुलेको थियो।

मृत्यु भएको एक सातापछि श्रद्धाञ्जली दिन उनको तस्विर सहित लोकप्रिय र्‍याप साथीको लाइन ' नहोला आज सँगै आज तँ र म तर तेरो सम्झना यो मनमा छ' राखिएको फ्लेक्स बनाएका थिए जसमा यमबुद्धका प्रशंसकहरुले उनको सम्झनामा आफ्ना भावना पोखेका थिए। उनको श्रद्धाञ्जलीमा आयोजित कार्यक्रमका केही तस्विर 
 


ट्रेन्डिङ पोस्ट

Ncell