PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

ट्रम्पको कार्यकालमा अमेरिकासँगको सम्बन्ध नयाँ उचाइमा पुग्ने राष्ट्रपतिको विश्वास



पहिलोपोस्ट

ट्रम्पको कार्यकालमा अमेरिकासँगको सम्बन्ध नयाँ उचाइमा पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं : डोनाल्ड जे ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको कार्यभार सम्हालेकोमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई र शुभकामना दिएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भण्डारी र प्रचण्डले बेग्लाबेग्लै बधाई सन्देश पठाएका हुन्। नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गराउँदै राष्ट्रपति भण्डारीले दुई देशबीचको सम्बन्ध नेपाल-अमेरिकाबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरेकी छिन्।

राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल-अमेरिकाको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै उनले राष्ट्रपति ट्रम्पको सबल एवम् दूरदर्शी नेतृत्वमा अमेरिकाको थप प्रगति हुने बताएकी छिन्।

प्रधानमन्त्री प्रचण्डको सन्देशमा ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। नेपालको विकास प्रयासमा अमेरिकी सरकार र त्यहाँका जनताबाट निरन्तर प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै उनले नेपालको शान्ति, स्थायित्व र प्रगतिका निम्ति भविष्यमा पनि निरन्तर सहयोग एवम् सद्भाव प्राप्त हुने अपेक्षा गरेका छन्।
रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell