PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सुन तस्करीबारे एमाले नेताको दावी :गृह आफैं संलग्न भएकाले अनुसन्धान गर्न सक्दैन, आयोग गठन गरौ



पहिलोपोस्ट

सुन तस्करीबारे एमाले नेताको दावी :गृह आफैं संलग्न भएकाले अनुसन्धान गर्न सक्दैन, आयोग गठन गरौ

काठमाडौं : त्रिभवुन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन तस्करीको अनुसन्धान कर्मचारी र सुन भरियामै अड्किएको बेला एमालेका एक नेताले तस्करीमा गृह र अर्थमन्त्रालयका अधिकारी संलग्न रहेको दावी गरेका छन्।

नेकपा एमालेका नेता रघुवीर महासेठले  सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको दावी गरेका हुन्। रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा बोल्दै उनले गृहले गरिरहेको अनुसन्धान नाटक मात्रै रहेको र यसले छानविननै गर्न नसक्ने ठोकुवा समेत गरे। गृह मन्त्री बिमलेन्द्र निधि र सेठ जिल्लाका प्रतिष्पर्धी नेता हुन्।

महासेठले सुन तस्करीबारे छानविन गर्न स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने माग समेत गरे। कार्यक्रममा उनले छानविनका लागि सर्वोच्च अदालतका पूर्व  न्यायधीश वा स्वतन्त्रको नेतृत्वमा आयोग गठन गरेर तस्करीको छानविन गराउन माग गरे । 'अहिले गृहमन्त्रालयमार्फत भइरहेको छानविन नाटकमात्रै हो, यसले केही काम गर्न सक्दैन’ उनको दावी थियो।

हवाइमार्गबाट आएको ३३ किलो सुन तस्करीको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ। स्थलमार्ग केरुङ्बाट आएको १५ किलो सुन तस्करीको अनुसन्धान महानगरीय प्रहरी परिसर काठमाडौंले गरिररहेको छ।
दुबै अनुसन्धानमा पक्राउ परेकालाई स‌ंगठित अपराधको अभियोग लगाइएकाले अनुसन्धानको अवधी २ महिनाको हुनेछ।


के भइरहेको छ अनुसन्धान 

ब्युरोले सुन बोक्ने र बजारमा पठाउने ४ जना र २ जना विमानस्थलको कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो। उसले ३३ किलो सुन तस्करीमा अन्तराष्ट्रिय समूह संलग्न रहेको दावी गर्दै आएको छ। ३३ किलो सुन तस्करी राज्य संरक्षणमै भएको भन्दै गृहमन्त्री बिमलेन्द्र निधि र अर्थमन्त्री कृष्णबहादुर महराको नाम तानिएको थियो।

निधिले यसबारे कुनै प्रतिकृया दिएका छैनन्। अर्थमन्त्री महराले भने तस्करीमा संगठित र प्रभावशाली समूह संलग्नता रहेको दावी गर्दै आफ्नो नाम जोडिएकोमा अापत्ति जनाएका थिए। उनले सुन तस्करीमा ठुला माछाहरु रहेको र अर्थमन्त्रालयका कर्मचारी भुरा माछा मात्र भएकाे दावी गरेका थिए।

१५ किलो सुनबारे काठमाडौं परिसरले सुन रहेको गाडि चालक बाहेक अन्यलाई पक्राउ गर्न सकेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell