PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

भारतीय अभिनेत्रीविरुद्ध विजुली चोरीको आरोप,प्रहरी चौकीमा उजुरी दर्ता



पहिलोपोस्ट

भारतीय अभिनेत्रीविरुद्ध विजुली चोरीको आरोप,प्रहरी चौकीमा उजुरी दर्ता

मुम्बई : कुनै जमानाकी चर्चित भारतीय अभिनेत्री रति अग्निहोत्रीमाथी विजुली चोरीको आरोप लागेको छ। उनले आफ्नो फ्ल्याटमा रहेको विजुलीको मिटरमा चलाएर ४८ लाख ९६ हजार रुपैंयाको बिजुली चोरी गरेको भन्दै उनी र उनको श्रीमान् बिरबानी विरुद्ध बिजुली चोरीको उजुरी दर्ता भएको हो।

रति सन् ८० ताकाकी  चर्चित अभिनेत्री हुन्। प्रहरीका अनुसार रति मुम्बइको बर्लीको नेहरु प्लेनेटेरियम नजिकैको स्टर्लिङ्ग सी फेस अपार्टमेन्टमा बस्दै आएका थिए। उनीहरुले सोही अपार्टमेन्टमा रहेको बिजुलीको मिटर चलाएका हुन्।

बृहन्मुम्बई विद्धुत आपुर्ती एवं परिवहन को सतर्कता टिमले रतिले गरिरहेको विजुली चोरी पत्ता लगाएका हुन्। जाँचकोक्रममा २०१३ अप्रिल देखी मिटर बिगारेर ४८ लाख ९६ हजार रुपैंया कम बिल निकालेको खुलेको छ।

उनीहरु विरुद्ध मुम्बइको बर्लि प्रहरी चौकीमा उजुरी दर्ता भएको फस्टपोस्टले जनाएको छ।
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell