PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

नेपाली चेली तेरियाले जितिन् भारतीय डान्सिङ् शो झलक दिखलाजाको ट्रफी



पहिलोपोस्ट

नेपाली चेली तेरियाले जितिन् भारतीय डान्सिङ् शो झलक दिखलाजाको ट्रफी

नेपाली चेली तेरिया मगरले भारतिय डान्सिङ् रियालिटी शो झलक दिखलाजा जितेकी छिन्। कलर्स टेलिभिजनमा शनिवार प्रशारण भएको फाइनल प्रतियोगितामा उनले आफ्ना प्रतिष्पर्धीलाई उछिन्दै विजेता घोषित भएकी हुन्।

रुपन्देही रुद्रपुरकी उनले यस अगाडि  जिटिभीमा प्रशारण भएको अर्को डान्सिङ् रियालिटी शो डान्स इन्डिया डान्स सिजन-३ को उपाधि जितेकी थिइन्। झलकमा भोटको आधारमा प्रतियोगिताको विचमा निस्किएकी उनी वाइल्ड कार्ड मार्फत पुन प्रतियोगितामा फर्किन सफल भएकी थिइन्।

शनिबार बेलुका प्रशारण भएको झलकको फाइनलमा उनले भारतीय चर्चित डान्सर सलमान युसुफ खानलाई पराजित गरेकी हुन्। यो सिजनको विजेताका रुपमा हेरिएका उनी फष्ट रनरअप भए। अर्का प्रतियोगि सान्तनु महेश्वरी दोस्रो रनरअप भएका थिए। तेरियालाई बिगबोसका होस्ट तथा चर्चित अभिनेता सलमान खानले बिगबाेसको सेटमा विजेता घोषित गर्दै पुरस्कार दिएका थिए। 

फाइनल नतिजा कलर्सटिभीमा प्रशारण हुनु अगाडिनै तेरियाले जितेको लिक भएको थियो। शुक्रबार छायाँकन भएपछि तेरियाले नेपालमा रहेका हजुरबुबा कृष्णबहादुर फौजा मगरलाई फोन गरेर प्रतियोगिता जितेको बताएकी थिइन्।

तेरियाका बुबा बैदेशिक रोजगारीकाक्रममा अहिले पनि कतारमा छन्। उनका हजुरबुबा कृष्णबहादुर पूर्व गोरखा सैनिक हुन्। अवकासपछी उनी रुद्रपुरमै बस्दै आएका छन्। उनको आमा भने प्रतियोगिता अवधीभर उनीसँगै बस्ने गरेकी छिन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell