PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

महोत्सव प्रचार गर्न कालीगण्डकी सरसफाइ



पहिलोपोस्ट

फलेवास (पर्वत) : पर्वत उद्योग वाणिज्य संघले महोत्सवको प्रचार गर्न कालीगण्डकी नदी सरसफाइ गरेको छ। 

महोत्सवका अवसरमा दैनिकजसो ¥याफ्टिङ (जलयात्रा) समेत व्यवस्था गरिएकाले शनिबार पर्वतको खनियाँघाटदेखि नयाँपुलसम्म सरसफाइ गरिएको हो। 

जिल्लाका सांसद, राजनीतिक दलका प्रमुख, कार्यालय प्रमुखहरु, उद्योगी, व्यवसायी, पत्रकारलगायतको सहभागितामा कालीगण्डकी नदी सरसफाइ तथा डस्टविन राख्ने काम सम्पन्न भएको पर्वत उद्योग वाणिज्य संघले जनाएको छ। 

यही माघ १३ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको पर्वत महोत्सवको पूर्वसन्ध्यामा शनिबार चारवटा बोटमा ¥याफ्टिङ गरिएको हो। 

‘महोत्सवको पूर्वसन्ध्यामा प्रचारप्रसार गर्ने उद्देश्यले ¥याफ्टिङ गर्ने व्यवस्था मिलाएका हौं’, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक हरिओम शर्मा लामिछानेले भने। 

पर्वतको नाग्लीवाङस्थित खनियाँघाटदेखि पाङको नयाँ पुलसम्मको झन्डै पाँच किलोमिटर दूरीमा ¥याफ्टिङ गरेर सरसफाइ गरिएको आयोजकले जनाएको छ। लामिछानेका अनुसार चारवटा बोटमा ४५ जनाले ¥याफ्टिङ र सरसफाइमा सहभागिता जनाएका थिए। 

सो अवसरमा सांसद अर्जुनप्रसाद जोशीले आगामी दिनमा कालीगण्डकीमा हुने साहसिक जलयात्रालाई आम्दानीको राम्रो स्रोत बनाउनका लागि आफूले पहल गर्ने विश्वास दिलाए। 

‘कुहिने फोहर, प्लास्टिक र सिसा राख्ने गरी छुट्टाछुट्टै डस्टबिन राखिएको छ । पर्वत महोत्सवमा संघले कालीगण्डकी नदीमा ¥याफ्टिङको समेत व्यवस्था मिलाएको छ । इच्छुकले महोत्सवका अवसरमा ¥याफ्टिङको मज्जासमेत लिन सक्नेछन’, संघका कार्यसमिति सदस्य राजन गुरुङले भने ‘न्यूनतम शुल्कमा कालीगण्डकी नदीमा ¥याफ्टिङको व्यवस्था मिलाएका हौँ।’ उनका अनुसार ¥याफ्टिङका लागि बुकिङसमेत हुन थालेको छ। 

कालीगण्डकी नदीमा असोज पहिलो सातादेखि मङ्सिर दोस्रो साता र फागुन पहिलो सातादेखि जेठको दोस्रो सातासम्म ¥याफ्टिङका लागि सयाँै विदेशी आउने गरेका छन्। पर्वत उद्योग वाणिज्य संघले पर्वतको पर्यटन प्रवद्र्धनको मुख्य केन्द्र नै कालीगण्डकी नदीमा ¥याफ्टिङ भएको भन्दै महोत्सवमा एल्लो स्विसा कम्पनीसँग सम्झौता गरी ¥याफ्टिङको व्यवस्था मिलाएको पर्वत उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष शिव शर्मा पौडेलले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell