
एजेन्सी :भारतको आन्द्र प्रदेशको बिजयनगर जिल्लाको कुनेरु रेल्वे स्टेशन नजिकै रेल दुर्घटना हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ।
दुर्घटनामा परी १०० भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ। स्थानीय अधिकारीको भनाई उद्रृत गर्दै बिबिसी हिन्दीले मर्नेको संख्या बढ्न सक्ने उल्लेख गरेको छ।
हिराखण्ड एक्सप्रेस नामक उक्त रेल गएराति ११ बजे दुर्घटनामा परेको हो। आन्द्र प्रदेश र ओडिसाको सीमामा रेल दुर्घटनामा परेको हो।
ओडिसाको राजधानी भुवनेश्वर जादै गरेको रेल दुर्घटनामा परेको हो।
रेलको इन्जिन र आठवटा डब्बा लिकबाट बाहिर पल्टिएका छन्। दुर्घटनामा परेका डब्बामा पनि यात्रुहरु फसेको बताइएको छ।
गत बर्ष २० नोभेम्वरमा पनि कानपुरमा भएको रेल दुर्घटनामा परी १५० जनाको ज्यान गएको थियो।