
सर्गियो रामोसको दुई गोलको मद्वतमा रियल मड्रिडले ला लिगामा मालागालाई २-१ ले पराजित गरेको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा फेरी एकपटक रामोस नायक बन्दा रियल ३ अंक जोड्न सफल भयो।
पहिलो हाफमै २ गोल गर्दै रोमोसले रियललाई २-० अग्रता दिलाएका थिए। मालागाका लागि दोस्रो हाफमा जुअनपीले १ गोल फर्काएपटि हार टार्न पर्याप्त भएन।
जितपछि लिग लिडर रियलको २१ खेलबाट ४३ अंक भएको छ भने दोस्रो स्थानको सेभियामाथि ४ तथा तेस्रो स्थानको बार्सिलोनामाथि ५ अंकको अग्रता बनाएको छ। समान २१ खेलबाट सेभियाको ३९ तथा बार्सिलोनाको ३८ अंक छ।
ला लिगाकै अन्य खेलमा भियारियाल भ्यालेनिसयासँग २-० ले पराजित भएको छ। भ्यालेनिसयालाई सिजनको पाँचौ जित दिलाउन कार्लोस सोलर र सान्टी मिनाले एक एक गोल गरे।
अन्य खेलमा स्पानयोलले ग्रानाडालाई ३-१ ले हराउँदा अलाभेस र लेगानेसले २-२ तथा लस पलमस र डेपोर्टिभा ला कुरानाले १-१ गोलको बराबरी खेलेका छन्।
ला लिगामा आज पनि पाँच खेल हुँदैछन्।