
वायन रुनीले म्यानचेष्टर युनाइटेडको लागि सर्बाधिक गोलकर्ताको कीर्तिमान राखेको दिन युनाइेटडले स्टोक सिटीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छ।
दोस्रो हाफमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रुनीले युनाइेटडको लागि कीर्तिमानी २५० औं गोल गरेका हुन्। १ गोलले पछि परेको अवस्थामा रुनीले गोल गर्दै खेल बराबरी गरेका हुन्।
उनले सर बबी चार्ल्टनको २४९ गोलको रेकर्ड तोडका हुन्। ४ दशकअघिको आफ्नै रेकर्ड तोडेपछि चार्ल्टनले रुनीलाई बधाइ समेत दिएका छन्।
रुनीले इन्जुरी टाइमको चौथो मिनेटमा फ्रिकिकमार्फत शानदार गोल गरेपछि युनाइेटडले हार टारेको थियो।
सन् २००४ मा १८ वर्षको उमेरमा एभरटनबाट ओल्ड ट्राफोर्ड पुगेका रुनीले ५४६ खेलमा कीर्तिमानी गोल गरेका हुन्।
यसअघि खेलको १९ औं मिनेटमा हुँवा माटाले आत्मघाती गोल गरेपछि घरेलु टोली स्टोक सिटीले अग्रता लिएको थियो। उनै माटाको स्थानमा रुनी ६७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए।
बराबरीपछि २२ खेलबाट ४१ अंक जोडेको युनाइटेडल छैटौं स्थानमा यथावत छ भने शीर्ष स्थानको चेल्सी भन्दा अझै ११ अंकले पछाडी छ।