PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

क्याम्पसलाई १० लाख बराबरको जग्गा दान



पहिलोपोस्ट

इलाम : इलाम एकतप्पा–३ का एक समाजसेवीले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा क्याम्पसका लागि १९ रोपनीभन्दा बढी जग्गा दान दिएका छन्। 

एकतप्पा–३ का पुष्पनारायण श्रेष्ठले आफ्ना स्वर्गीय बुबा चन्द्रबहादुर र आमा लीलामायाको स्मृतिमा एकतप्पा बहुमुखी क्याम्पसका लागि रु १० लाख मूल्य पर्ने जग्गा दान दिएका हुन्। 

जग्गाबाट प्राप्त आम्दानीले बहुमुखी क्याम्पस सञ्चालनका लागि ठूलो टेवा पुग्ने क्याम्पस प्रमुख तीर्थराज मिश्रले बताए। 


सुखानीमा सहिद स्तम्भको शिलान्यास 

इलामको दानाबारी–३ सुखानीमा सहिद स्तम्भ निर्माण हुने भएको छ। 

झापा आन्दोलनका क्रममा २०२९ फागुन २९ गते मारिएका नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, रामनाथ दाहाल र नारायण श्रेष्ठलाई एकवर्षअघि सरकारले सहिद घोषणा गरेको थियो। सोही स्थानमा स्तम्भ निर्माण हुने भएको हो। 

सुखानी सहिद स्मृति प्रतिष्ठानमार्फत निर्माण हुन लागेको ४० फिट अग्लो सहिद स्तम्भमा सहिद गेट, गार्ड रूपलगायतका संरचना निर्माण हुने प्रतिष्ठानका सदस्य ध्रुव श्रेष्ठले जानकारी दिए। 

सहिद स्तम्भ निर्माणका लागि झापा जिविसमार्फत रु ५९ लाख ९१ हजार प्राप्त भइसकेको र पर्यटन कार्यालय काँकडभिट्टाबाट रु १३ लाख बजेट छुट्टिएको बताइएको छ। 

स्तम्भ निर्माणका लागि स्थानीयवासीले लागतको २० प्रतिशत श्रम गर्नुपर्ने जनाइएको छ । स्तम्भको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार शिलान्यास गरेका हुन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell