PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रिमियर लिग : लिभरपुलको पराजय, म्यान सिटी र टोटनहमको बराबरीले चेल्सीलाई फाइदा



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुलको पराजय, म्यान सिटी र टोटनहमको बराबरीले चेल्सीलाई फाइदा

लिभरपुलको स्वान्सी सिटीसँग पराजय, म्यानचेष्टर सिटी र टोटनहमबीचको खेल बराबरी रोकिनुले शीर्ष स्थानको चेल्सीलाई उपाधि होडमा फाइदा मिलेको छ।

प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा लिभरपुल घरेलु मैदानमै स्वानसी सिटीसँग ३-२ ले पराजित भयो। अर्को खेलमा टोटनहमले २ गोलले पछि परेको अवस्था उल्टाउँदै सिटीसँग २-२ गोलको बराबरी खेल्यो।

बराबरीपछि २२ खेलबाट ४६ अंक जोडेको टोटनहम दोस्रो स्थानमा कायमै रहेपनि शीर्ष स्थानको चेल्सी भन्दा ६ अंकले पछि छ। एक खेल कम खेलेको चेल्सीको ५२ अंक छ। स्वान्सीसँग पराजित लिभरपुल २२ खेलबाट ४५ अंकसहित तेस्रो स्थानमा यथावत छ। म्यानचेष्टर सिटी २२ खेलबाट ४३ अंकका साथ पाँचौ मा छ। २१ खेल मात्र खेलेको आर्सनल ४४ अंकका साथ चौथो स्थानमा छ र बर्नलेललाई हराउँदै दोस्रो स्थानमा उक्लन मौका छ। 

स्वान्सी सिटीलाई एनफिल्डमा जित दिलाउन गिल्फसी सिगुरसनले विजयी गोल गरे। यसअघि फर्नान्डो लरेन्टले दोस्रो हापको सुरुवातमै २ गोल गर्दै स्वान्सी सिटीलाई २ ० को अग्रता दिलाएका थिए। लरेन्टले ४८ र ५३ औं मिनेटमा गोल गरेका हुन्। लिभरपुलका रोवर्टो फिरमिन्होले ५५ औं र ६९ औं मिनेटमा दुई गोल गर्दै खेल २-२ को बराबरी पुर्‌याए। तर ७४ औं मिनेटमा सिगुरसनले निर्णायक गोल गरेपछि स्वानसीले ३ अंक जोडेको हो। 

यस्तै सिटीले घरेलु मैदान एतिहाड स्टेडियममा दुई गोलको अग्रता जोगाउन नसक्दा टोटनहमसँग अंक बाँड्न बाध्य भयो। लरेय सानेले ४९ औं र केभिन डे ब्रुएनाले ५४ औं मिनेटमा गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाएका थिए। तर ५८ औं मिनेटमा डेले अली र ७८ औं मिनेटमा हेउन मिन सनले गोल गरेपछि सिटी जितबाट बञ्चित भएको हो। 

प्रिमियर लिगकै अनय खेलमा एभरटनले क्रिस्टल प्यालेसलाई १-०, बेस्टब्रोमले सण्डरल्याण्डलाई २-०, वेस्टहमले मिडल्स्ब्रोलाई ३-१ ले पराजित गर्यो भने एएफसी बर्नमाउथ र वाटफोर्डले २-२ गोलको बराबरी खेले।

यता वायन रुनीको कीर्तिमानी गोलको मद्वतमा म्यानचेष्टर युनाइेटडले स्टोर सिटीसँग १-१ को बराबरी खेल्दै हार टारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell