
एसी मिलानलाई पराजित गर्दै एएससी नेपोली इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लेको छ। सिरी ए अन्तर्गत शनिबार भएको खेलमा नेपालीले मिलानलाई उसैको मैदानमा २-१ ले हरायो। जितसँगै नेपोलीले सिरी ए मो अपराजित खेल संख्या १० पुर्याएको छ।
पहिलो हाफको ९ मिनेट भित्रै लरेन्जो इनसिग्ने र जोस मारिया कालेजोनला गोल गर्दै नेपालीलाई २-० को अग्रता दिलाएका थिए। ३७ औं मिनेटमा मिलान जुराज कुच्काले एक गोल फर्काएपनि हार टार्न सकेनन्।
जितपछि नेपोलीको २१ खेलबाट ४४ अंक भएको छ। समान ४४ अंक जोडेको एएस रोमा गोल अन्तरमा तेस्रो स्थानमा छ। रोमाले नेपोलीभन्दा एक खेल कम खेलेको छ। यस्तै १९ खेल मात्र खेलेको युभेन्ट्स ४५ अंकका साथ शीर्ष स्थानमा छ।
अर्को खेलमा चिएभो भेरोनालाई ३-० ले पराजित गर्दै फियारेन्टिना आठौं स्थानमा उक्लेको छ।