PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

बुण्डेसलिगा : होफेनहेइमको अपराजित यात्रा कायमै, लेइपजिग र डर्टमण्डको जित



पहिलोपोस्ट

बुण्डेसलिगा : होफेनहेइमको अपराजित यात्रा कायमै, लेइपजिग र डर्टमण्डको जित

होफेनहेइमले जर्मन बुण्डेसलिगामा अपराजित यात्रा कायमै राखेको छ। बुण्डेसलिगमा यस सिजन अपराजित एक्लो टोली होफेनहेइमले अग्सवर्गलाई २-० ले पराजित गर्दै अपराजित यात्रालाई १७ खेलसम्म पुर्‌याएको हो।

यसक्रममा होफेनहेइमले ७ खेल जितेको छ भने १० खेल बराबरी खेलेको छ।

होफेनहेइमको जितमा सान्ड्रो वागनर र आन्द्रे क्रामारिकले एक एक गोल गरे। जितपछि १७ खेलबाट ३१ अंकसहति होफेनहेइम तेस्रो स्थानमा छ। 
यस्तै बुण्डेसलिगाकै अन्य खेलमा लेइपजिग, बोरुसिया डर्टमण्ड, साल्के र वल्फ्सवर्गले पनि जित हात पारेका छन्। 

दोस्रो स्थानमा रहेको लेइपजिगले एनट्राक्ट फ्रायंकफर्टलाई ३-० ले हरायो। लेइपजिगको जितमा मार्भिन कोमपर र टिमो वेनरले एक एक गोल गरे। जेसस भालेजोले आत्मघाती गोल उपहार दिएका थिए। जितसँगै १७ खेलबाट ३९ अंक जोडेको लेइपजिगले शीर्ष स्थानको वायर्नसँग अंकदुरी ३ मा झारेको छ। 

बोरुसिया डर्टमण्ड वेडर ब्रेमनलाई २-१ ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ। डर्टमण्डको जितमा आन्द्रे सुरेल र लुकास पिज्जेकले गोल गरे । जारोसलाभले सिधै रातो कार्ड पाएपछि वेडर ब्रेमन दश खेलाडीमा झरेको थियो। 

अन्य खेलमा सालकेले इनगोल्सटाडलाई तथा वल्फ्सवर्गले ह्यामवर्गर एसभीलाई समान १-० गोलअन्तरले पराजित गर्यो।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell