काठमाडौं: फिल्म डाइङ क्यान्डलको 'ए मेरो प्यारो भाइ' बोलको गीत सार्वजनिक भएको छ। शर्मिला अधिकारीको शब्द रहेको गीतमा शर्मिला स्वयंम र रमन थामीले स्वर दिएका छन्। गीतले दिदी भाइबीचको संवाद प्रस्तुत गरेको छ। भाईको हेरचाहमा दिदीले गर्ने योगदाननै फिल्मको लगलाइन हो।
मुख्य महिला पात्रको मनोदशा, मूल्य र समवेदनालाई फिल्मको कथाले प्रष्ट्याउने प्रयास गर्छ। महिलाको भूमिकामा सिर्जना सुब्बा देखिएकी छिन्। फिल्ममा सिर्जनासँगै लाक्पा सिंगी तामाङ, विद्या कार्की, केशव राई, सौगात मल्ल र अर्पण थापाको मुख्य भूमिका रहेको छ।
सोसल ड्रामा फिल्मलाई नरेश केसीले निर्देशन गरेका हुन्। दिदी र भाइको आत्मीय सम्बन्धलाई चित्रण गरिएको छ। ‘सिरियस दर्शकले फिल्म रुचाउनेछन्’ निर्देशक केसीले भने ।
हलिउडको क्वीन्स फेस्टिभलमा उपाधी जितेर आएको फिल्म नेपालका लागि माघ २८ गते सार्वजनिक हुँदैछ।
फिल्मबाट रविन आचार्यले क्वीन्स फेस्टिभलमा छायांकन विधामा उपाधी जितेका थिए। उत्तम केसी, रविन आचार्य र केसी निर्मित फिल्ममा डेल सम्नरको संगीत, संदीप अधिकारीको सम्पादन छ।
यस्तो छ श्याम नेपालीको संगीत रहेको गीत: