PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सिग्द्यालको पुस्तक 'नेपाल छिमेक र विश्व' सार्वजनिक



पहिलोपोस्ट

सिग्द्यालको पुस्तक 'नेपाल छिमेक र विश्व' सार्वजनिक

काठमाडौं : कृष्णप्रसाद सिग्द्यालद्वारा लिखित 'नेपाल छिमेक र विश्व'  पुस्तक  सार्वजनिक भएको छ।
 
प्राध्यापक केदारभक्त माथेमा, संविधानविद् निलाम्बर आचार्य र स्तम्भकार केशवप्रसाद भट्टराईले पुस्तक सार्वजनिक गरे। पुस्तक नेपाल, छिमेकी मुलुक र विश्वको इन्साक्लोपेडिया भएको बताउँदै भट्टराईले धेरै विषयलाई मिहिन ढङ्गले लेखेको बताए। कलेजहरुमा पाठ्यक्रम आधुनिक भए पनि सन्दर्भ सामग्री नभएको बताउँदै उनले भने,  ‘आफूले कलेज पढ्दा यस्ता पुस्तक पढ्न पाएको भए अझै राम्रो नम्बर ल्याउने थिएँ।‘
 
पुस्तकबारे आफ्नो धारणा राख्दै लेखकका सहपाठी तथा प्राध्यापक केदारभक्त माथेमाले सिग्द्याल विद्यालय तहदेखि नै निकै मेहनती भएको स्मरण गरे। ‘यस्तो व्यापक विषयमा लेख्नलाई केवल सिग्द्यालले मात्रै सक्थ्यो।‘  पुस्तकमार्फत लेखकले सानोतिनो बम नै पड्काएको उनको भनाइ थियो।
 
त्यस्तै,  निलाम्बर आचार्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्दर्भमा पुस्तक अन्त्यन्तै उपयुक्त समयमा प्रकाशित भएको बताए।  आफ्नो धारणालाई बिना हिच्किचाहट उल्लेख गर्नु पुस्तकको बलियो पक्ष भएको आचार्यको टिप्पणी थियो। ‘लेखकले पुस्तकमार्फत चिमोट्ने काम गर्नुभएको छ,’  आचार्यले भने, ‘चिमोट्दा कसैलाई दुख्ला तर त्यसले सक्रियता बढाउँछ। सायद राजनीतिमा पुस्तकले सक्रियता बढाउला।‘  परराष्ट्र नीतिलाई सरल भाषामा बुझिनेगरी प्रस्तुत गरिएको र यसले बहस सिर्जना गर्ने उनले बताए।
 
पुस्तकबारे बोल्दै लेखक सिग्द्यालले साधारण मान्छेले पनि धेरथोर परराष्ट्रनीतिबारे बुझुन् भनेर सरल भाषामा लेखेको जानकारी गराए।
सांग्रिला बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य ४५५ रुपियाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell