PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​थिएटर मलमा नाटक ‘बेड नं. ९९’



पहिलोपोस्ट

​थिएटर मलमा नाटक ‘बेड नं. ९९’

काठमाडौं: थिएटर मलमा शुक्रबारदेखि नाटक ‘बेड नं. ९९’  सुरु भएको छ। महेशविक्रम शाहको कथा माथी तयार गरिएको नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गरेका हुन्। नाटक एक मनोवैज्ञानिक प्रस्तुती भएको निर्देशक श्रेष्ठले बताएका छन्।

कथाकार महेशविक्रम शाहले कथाभित्रको कथालाई वास्तविक रुपमा देखाउने प्रयास नाटकले गरेको प्रतिक्रिया दिए। भने,'पात्रहरु सशरीर उभिएर र हाउभाउ सहित प्रस्तुत हुँदा रोमाञ्चित भएँ।'

‘बेड नं ९९’  एक मनोरोगी लोग्नेको कथा हो जो हिनतावोधले ग्रस्त छ। ऊ आफ्नी स्वास्नीमाथी सङ्का मात्र गर्छ। नाटकले यस्ता उजस्तै मनोरोगीहरुको उपचार विधिलाई रोचक ढंगले प्रस्तुत गरेको छ।



कथालाई नाटकका रुपमा थिएटर मलले पहिलोपटक मञ्चन गरेको हो।

नाटक ‘बेड नं ९९’मा विकास जोशी, श्याम खड्का, शुष्मा कोइराला, रेनुका कार्की, सुशिला लक्ष्मी श्रेष्ठ, श्रीनेहा कोइराला, केसव रिजाल, शुभम गणेश पौडेल, सुमन कोइराला, अन्जनी भरतवाल, शंकर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला महर्जन लगायतको अभिनय रहेको छ।



नाटक थिएटर मलमा बुधबारबाहेक हरेक साँझ ५:०० बजे मञ्चन हुनेछ।  माघ २९ सम्म मञ्चन हुने नाटकको शनिबार दिउँसो १:३० बजेका लागि अतिरक्ति शो पनि राखिएको नाटकघरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell