PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पूर्व राष्ट्रपति रामवरण यादव अझै केही दिन अस्पताल बस्ने



पहिलोपोस्ट

पूर्व राष्ट्रपति रामवरण यादव अझै केही दिन अस्पताल बस्ने

काठमाडौँ : पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वराष्ट्रपति डा. रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ।

उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन दिन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन्। पेटसम्बन्धी समस्या देखिएपछि उनी बिहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

उनका छोरा डा‌. चन्द्रमोहन यादवले विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिए पनि चिकित्सकको निरीक्षणमा राखी घर लैजाने जानकारी दिए। उनको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell