सप्तरी : राँगाको आक्रमणबाट कविलासा गाविसमा आज ७१ वर्षीय बच्चीलाल यादवको मृत्यु भएको छ।
घर नजिकै गहुँ खेतमा गहुँ खान आएको राँगालाई धपाउने क्रममा राँगाले कविलासा गाविस– ७ निवासी यादवलाई आक्रमण गरेको थियो। आक्रमणबाट घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।रासस