PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

दमक : पिकअप भ्यानको ठक्करबाट गएराति झापाको दमकमा मोटरसाइकल चालक इलाम, बाँझो – ३ का ३३ वर्षीय जयकुमार राईको मृत्यु भएको छ।
 
दमक–३ स्थित भित्री सडकखण्डमा दमकबाट बेलडाँगीतर्फ जाँदै गरेको को ५ प ३७०२ नं को भ्यानले मे १ ज ४०४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
 
दुर्घटनामा परी सख्त घाइते राईको लाइफलाइन अस्पताल दमकमा उपचारका क्रममा राति नै मृत्यु भएको थियो। दुर्घटनामा संलग्न ठक्कर भ्यान र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell