PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

विद्युत चोरी नियन्त्रणमा 'मेजर' अपरेसन : १२ कर्मचारी, ४ व्यवसायी पक्राउ



सविन ढकाल

विद्युत चोरी नियन्त्रणमा 'मेजर' अपरेसन : १२ कर्मचारी, ४ व्यवसायी पक्राउ

काठमाडौं : व्यवसायीसँग मिलेर विद्युत चोरी गराएको आरोपमा प्रहरीले नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारी र ४ जना व्यवसायीलाई पक्राउ गरेको छ। मिटर बिगारेर ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो।

महाशाखा अधिकारीका अनुसार पक्राउ पर्नेमा हाल बहालवाला र पूर्व दुबै प्रकृतिका कर्मचारी छन्। विद्युतको खपतअनुसारको रकम संकलन नभएपछि कर्मचारी र केही ग्राहकविच मिलेमतो भएको हुनसक्ने आशंकामा प्राधिकरणले प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको थियो।

​आग्रह अनुसार प्रहरीले अनुसन्धान अगाडि बढाउँदा कर्मचारीले ग्राहकसँग मिलेर विल अनुसारको रकम नलिएको देखिएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए।

खनालका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुले व्यवसायीको अनुकुल मिटर बनाइदिएवापत प्रतिव्यवसायी ५० हजारदेखी १० लाख रुपैंयासम्म लिएको देखिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell