PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

विदेशमा 'गम्भीर' रोग लागे पाँच लाख रुपैयाँसम्म उपचार खर्च पाइने



अमर बडुवाल

विदेशमा 'गम्भीर' रोग लागे पाँच लाख रुपैयाँसम्म उपचार खर्च पाइने

काठमाडौं : वैदेशिक रोजगारीमा गएका व्यक्तिलार्इ 'गम्भीर' रोग लागेमा सहज उपचारका लागि स्वास्थ्य बिमा कार्यक्रम आउने भएको छ। वैदेशिक रोजगारीमा गएका व्यक्तिलार्इ 'गम्भीर' रोग लागेमा पाँच लाख रुपैयाँसम्म उपचार खर्च पाउने गरी बिमा कार्यक्रम अन्तिम चरणमा पुगेको छ।
 
वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र बिमा समितिले यो बिमालार्इ अन्तिम रुप दिँदैछन्। समितिका अनुसार सबै टुंगो लागेमा फागुनदेखि बिमा योजना कार्यान्वयनमा आउनेछ। तर अझै पनि बिमाको प्रिमियम रकमको भने टुंगो लाग्न सकेको छैन।
 
बिमा कम्पनीबीच यो विषयमा पटक/पटक छलफल भने भएको छ। वैदेशिक रोजगारीमा गएका व्यक्ति गम्भीर बिरामी परेर स्वदेश फर्किँदा उपचारको समस्या भएपछि बिमा योजना ल्याउन लागिएको हो।
 
रोजगारीका क्रममा विरामी परेका धेरै व्यक्तिको उपचारका लागि अभियान नै थालेर स्रोत जुटाउनुपर्ने र कतिपय पैसाको अभावले उपचार नपाउने अवस्था आएपछि बिमा योजना ल्याउन लागिएको हो। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले फागुनदेखि कार्यान्वयनमा ल्याउनेगरी गृहकार्य भइरहेको बताए।
 
उनका अनुसार अब वैदेशिक रोजगारीमा गएकाले गम्भीर रोगहरु लागेमा निश्चित रुपैयाँ प्रिमियम तिरेको आधारमा उपचार गर्न पाउँछन्। प्रिमियम रकम तीन हजार रुपैयाँ हाराहारीमा हुनेछ।
 
समितिले प्रिमियम लगायतका विषयलार्इ अन्तिम रुप दिन समितिका निर्देशक श्रीमान कार्कीको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ।
 
बिमा समिति, ट्रेड युनियन, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन वोर्डको एक/एक जना सदस्य रहेको समितिले दिएको प्रतिवेदनको आधारमा प्रिमियम तय गरिने छ। 

उपचार हुने रोगहरु

  १) क्यान्सर  (Cancer) 
  २) मिर्गौला  (Kidney Failure) 
  ३) उच्च रक्तचाप  (Primary Pulmonary Arterial Hypertension)   
  ४) प्रमुख अंग प्रत्यारोपण  (Major Organ Transplant) 
  ५) क्रोनरी धमनी बाइपास  (Coronary artery by-pass grafts)     
   ६) महाधमनी सर्जरी  (Aorta Graft Surgery)   
   ७) मुटु भल्भ सर्जरी  (Heart Valve Surgery)     
   ८) झड्का   (Stroke)     
   ९) रोधगलन  (Myocardial Infarction)   
   १०) कोमा  (Coma)   
   ११) पूर्ण दृष्टिविहीन  (Total Blindness)   
   १२) प्यारालाइसिस  (Paralysis)   
   १३) ब्रेन ट्युमर (Benign brain tumor) 
   १४) विभिन्न भाग सुन्निएको  (Multiple Sclerosis)         
   १५) मानसिक रोग  (Mental illness)
 
बिमा समितिले गत पुस ९ गते नै वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी असामान्य रोग लागेमा स्वदेश तथा विदेशमै पनि उपचार गर्न सकून् भनेर बिमा अवधारणा ल्याएको हो। खाडी, मलेसिया लगायतका मुलुकमा वैधानिक रुपमा जाने कामदारले मात्रै बिमा कार्यक्रममा सहभागी हुन पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell