PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सर्वाधिक नगद पुरस्कार राशीको पुरुष भलिबल फागुन १० देखि



पहिलोपोस्ट

सर्वाधिक नगद पुरस्कार राशीको पुरुष भलिबल फागुन १० देखि

काठमाडौं : राष्ट्रिय युवा अभियानको आयोजनामा आगामी फागुन १० गतेदेखि राजधानीमा सर्बाधिक नगद पुरस्कार राशीको  पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

नयाँ शक्ति पार्टी सम्वद्ध राष्ट्रिय युवा अभियानले गर्न लागेको भलिबल प्रतियोगितामा तीन विभागीय क्लबको टोली र पाँच विकास क्षेत्रका टोली गरी कूल ८ टोलीको सहभागिता हुनेछ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख हात पार्नेछन्। यस्तै तेस्रो र चौथो हुनेले सान्त्वना स्वरुप समान ५० हजार पाउने आयोजकले बताएको छ।

यस बाहेक उत्कृष्ट खेलाडीले २५ हजार तथा अनुशासित टीमले १० हजार पाउनेछन्। विधागत उत्कृष्ट खेलाडीलाई पनि समान १० हजार प्रदान गरिनेछ।

सम्बृद्धिका लागी युवा भन्ने नाराका साथ राष्ट्रिय युवा अभियानले स्थापना दिवसको असवसरमा गर्न लागेको प्रतियोगिता फागुन १० देखि १३ सम्म चल्नेछ। तर प्रतियोगिताको खेल स्थल अझै तय भइनसकेको र सकेसम्म चाँडै निर्णय हुने खेल संयोजक कुमार गुरुङले जानकारी गराएका छन्। 

प्रतियोगिता सम्पन्न गर्न करिब २२ लाख खर्च हुने अनुमान रहेको गुरुङले बताए।

नेपाल भलिबल संघका अधयक्ष मनोरन्जन रमण शर्माले यस्ता खालका प्रतियोगिताले नेपालमा भलिबलको विकासमा सहयोग पुग्ने बताए। 
बजेट र भौतिक पूर्वाधारको अभावमा पनि नेपालमा भलिबल प्रतियोगिताहरु भइरहेको उनले बताए।

यस्तै प्रतियोगिताको दोस्रो संस्करण अागामी वर्ष पोखरामा हुने र त्यसमा पुरुषसँगै महिलाको प्रतिस्पर्धा पनि समावेश गरिने राष्ट्रिय युवा अभियानका केन्द्रिय संयोजक कमल शाहीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell