PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

एपी वान टेलिभिजनले 'नेपाल आइडल'का लागि अडिसन खुलाउने, विजेतालाई २० लाखसहित कार



पहिलोपोस्ट

एपी वान टेलिभिजनले 'नेपाल आइडल'का लागि अडिसन खुलाउने, विजेतालाई २० लाखसहित कार

काठमाडौं : एपी वान टेलिभिजनले म्युजिकल रियालिटी शो 'नेपाल आइडल'का लागि प्रतियोगितात्मक गायन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
 
केही समयपछि नै नियमित प्रसारणमा आउन लागेको टेलिभिजनले ३२ भागसम्म हुने सो कार्यक्रम बिहीबार र शुक्रबार बेलुका हुने जनाएको छ। आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विश्वप्रसिद्ध म्युजिकल रियालिटी शोको नेपाली संस्करणका रुपमा नेपाल आइडलका लागि युवा प्रतिभाको खोजी गर्न लागिएको बताए।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन नेपाली नागरिकता भएका जहाँसुकै रहेका व्यक्तिले भाग लिन पाउनेछन्। यसका लागि नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर, पोखरा र काठमाडौंमा अडिसन हुने थापाले बताए। कुनै एक स्थानमा अडिसन दिँदा आफूलाई चित्त नबुझै अर्को ठाउँमा फाराम भरी पुन: अडिसन दिन सकिनेछ। कुनै पनि राउन्डमा अडिसन दिँदा प्रतियोगीले आयोजकलाई शुल्क तिर्नु पर्दैन।

नेपाल आइडलका लागि १६ देखि ३० वर्ष उमेरका प्रतिभाले भाग लिन पाउनेछन्। विजेतालाई महिन्द्रा केयुभी वान ओओ, २० लाख रुपैयाँ र १५ लाख बराबरको भिडियो एल्बमका लागि करार पनि प्राप्त हुने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell