PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

मधेसी मोर्चालाई मनाउन संविधान संशोधनको पूरक प्रस्तावको तयारी : प्रधानमन्त्री



पहिलोपोस्ट

मधेसी मोर्चालाई मनाउन संविधान संशोधनको पूरक प्रस्तावको तयारी : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ दिनभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बताएका छन्। जेठ १५ भित्र निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने उनको भनाइ छ।

संविधान संशोधन र निर्वाचनमा आफूले ध्यान केन्द्रित गरेको संसदीय मामिला पत्रकार मञ्चको कार्यक्रममा उनले बताए। मधेसी मोर्चालाई सहमतिमा ल्याउन संविधान संशोधनको पुरक प्रस्ताव ल्याउने विषयमा छलफल अगाडि बढाएको उनले जानकारी दिए। नयाँ संशोधन ल्याएर समस्या समाधान गर्न सकिन्छ र यसले मधेसी मोर्चालाई समेत निर्वाचनको ढोका खुल्ने उनले बताए।

'अहिलेको समस्या समाधान गर्न संविधान संशोधनको पुरक प्रस्ताव ल्याउने प्रस्ताव गरेको छु,' प्रचण्डले भने, 'यसले समस्या समाधान हुन्छ भन्ने विश्वास छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell