PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

युवाहरु शिक्षित भएपछि पहिलोपटक योजना माग, आक्रोशित गाउँलेद्वारा गाविस कार्यालयमा तालाबन्दी



पहिलोपोस्ट

युवाहरु शिक्षित भएपछि पहिलोपटक योजना माग, आक्रोशित गाउँलेद्वारा गाविस कार्यालयमा तालाबन्दी

सुर्खेत : सुर्खेतको पश्चिम गाविस लगाममा योजना बाँडफाट गर्दा स्थानीयलाई सहभागी नगराइएको भन्दै विरोध भएको छ।
 
लगाम ५ नम्वर वडाका स्थानीयले गाविस स्थापना भएदेखि अहिलेसम्म एउटै सरकारी योजना नपरेकोले यो पटक खानेपानी र दुई किलोमिटर मोटरबाटोको माग गरेको स्थानीय राम बहादुर कठायतले जानकारी दिए।
 
गत पुस २५ गते गाउँ परिषद् पास गर्दा उक्त गाउँमा योजना नपरेको थाहा पाएपछि माघ ४ गते सुर्खेतका स्थानीय विकास अधिकारीलाई भेट गरेका स्थानीयले सबै राजनीतिक दलका प्रतिनिधि पनि भेटिसकेका छन्। दलका प्रतिनिधिले पनि सचिव नभइ केही नहुने भन्दै सकारात्मक नभएपछि माघ ९ गतेदेखि गाविसमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएको कठायतको भनाइ छ।
 
टोल भेला गरी योजनाबारे बुझ्न गाविस सचिव टेकबहादुर शाही र स्थानीय परिचालक खडक थापा गाउँमा जानु र्नेमा एनजिओ प्रतिनिधि सूर्यबहादुर थापा गाउँमा गई ४/५ जनालाई भेटेर योजना बनाई फर्केको उनले बताए। गाउँ परिषद् नगरी सदरमुकामको होटलमा गरेर टाठाबाठाले सबै योजना मिलिजुली लिएको उनले आरोप लगाएका छन्।
 
गाविसमा दलित, जनजाति, महिला लगायतका क्षेत्रमा अलगै बजेट हुने भए पनि दलका प्रतिनिधि र गाविसका कर्मचारीको मिलिमतोमा सबै बजेट बाँडीचुँडी अन्यत्रै लिने गरेको स्थानीयको आरोप छ।
 
उक्त गाउँका ४१ घरधुरीमध्ये अधिकांश घर दलित समुदायका छन्। अहिलेसम्म सरकारको एक रुपैयाँ लगानी नभएको उक्त गाउँमा युवाहरु शिक्षित भएपछि पहिलोपटक योजना माग गरेको र त्यो पनि छक्याएर अन्यत्रै दिँदा आक्रोश बढेको कठायतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell