PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको सेमिफाइनलमा



पहिलोपोस्ट

मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा : ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी पोखरामा भइरहेको १५ औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। कप्तान अनिल गुरुङ र सुजल श्रेष्ठले समान २ गोल गरेपछि धरान फुटबल क्लबलाई ४-१ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी अन्तिम चारमा प्रवेश गरेको हो।

मनाङका लागि सुजलले ३३ औं र ६३ औं तथा अनिलले ४१ औं र ५९ औं मिनेटमा गोल गरे। धरानका लागि दीपक राईले ७२ औं मिनेटमा सान्त्वना गोल फर्काए।

मनाङले अब फाइनल प्रवेशका लागि सिएमजी संकटा र बंगलादेशको फारसगंजबीच मंगलबार हुने खेलको विजेतासँग खेल्नेछ।

प्रतियोगिता अन्तर्गत सोमबार रमपम झापा एघार र नेपाल आर्मीबीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ। यसअघि नै आयोजक सहारा क्लब अन्तिम चारमा प्रवेश गरिसकेको छ। 

(फोटो : गोलनेपाल डट कम)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell