PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रधान सेनापति पुरुष भलिबल : एपीएफमाथि सेनाको रवाफ



पहिलोपोस्ट

प्रधान सेनापति पुरुष भलिबल : एपीएफमाथि सेनाको रवाफ

काठमाडौं : नेपाली सेनाद्वारा आयोजित प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाली सेनाले विजयी सुरुवात गरेको छ।

नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा सेनाले विभागिय प्रतिद्वन्दी सशस्त्र प्रहरी बलको एपीएफलाई ३–० को सोझो सेटमा हरायो। सेनाले एपीएफलाई २५-१५, २५-१९ र २५-२० कोसेटमा पराजित गर्‌यो। 

अर्को खेलमा नेपाल प्रहरीले मध्यमाञ्चललाई ३–० को सोझो सेटमा पराजित गर्‌यो। पुलिसले मध्यमाञ्चललाई २५-१०, २५-१७ र २५-१९ को सेटमा हरायो।

यस्तै पश्चिमाञ्चल र पूर्वाञ्चलले पनि जित हात पारेका छन्। पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई १६-२५, २५-१६, २८-२६ र २५-१८ को सेटमा हरायो भने पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई २५-१७, २५-१६ र २५-१४ को सेटमा पराजित गर्‌यो।

माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित पाँच विकास क्षेत्रका टीमगरी कूल ८ टीमको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले नगद ३ लाख प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १ लाख ५० हजार तथा तेस्रो हुनेले ७५ हजार हात पार्नेछन्।

यस्तै उत्कृष्ट स्पाईकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचलाई १०/१० हजार प्रदान गरिने  तथा प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई गोल्छा अर्गनाइजेसनले  पल्सर मोटरसाईकल प्रदान गर्ने आयोजकले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell