काठमाडौँ : संसदबाट नयाँ प्रधानमन्त्री चयन गर्ने बेला संविधानको फरक फरक ब्याख्या गर्दै आमने सामने भएका थिए संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका प्रभावशाली नेता समेत रहेका भौतिक योजना तथा पूर्वाधार मन्त्री रमेश लेखक। तर आइतबार संसदीय मामिला पत्रकार समाजद्वारा प्रकाशित 'संसदीय पत्रकारिता' किताब सार्वजनिक गर्ने कार्यक्रममा नेम्वाङले लेखकसँग संविधान निर्माणका बेला भएको कुराकानीका केही प्रसङ्ग उप्काए।
लेखक दोश्रो संविधान सभामा संविधान मस्यौदा समितिमा रहेर संविधानको लेखनका क्रममा महत्वपूर्ण भूमीका निर्वाह गरिरहेका थिए। एउटै मञ्चमा बसेका लेखकलाई हेर्दै नेम्वाङले दुई किस्सा सुनाउँदै उपस्थितलाई हसाँए। उनले एउटा किस्सा संविधान लेखन बेलाको बताए। अनि अर्को किस्सा संविधान छिटो पारित गरेको आरोप लगाउँदै पहिलो संविधानसभामा ८० प्रतिशत काम भएको दावी गर्दै सुनाए। यी हुन् नेम्वाङले सुनाएका रमेश लेखकका किस्सा -
मौलिक अधिकारको किस्सा
के चाँही छुटेको छ भनेँ मैले। के चाँही हाल्नुपर्छ भनेको।
उहाँले भन्नुभयो – पहाडका पुरुष ब्राम्हणलाइ आत्महत्या गर्ने अधिकार हुनेछ। यो लेख्नुपर्छ भन्नुभयो।
महिला-महिला अधिकारमा पर्नुभयो। त्यसबारे अहिले धेरै चर्चा नगरौँ। तराई मधेसका ब्राम्हण पनि जे सुकै भए पनि शोषितमै पर्नुभयो। सबैको उन्नती भै गयो। विचार एउटा मौलिक अधिकारमा नपरेका रमेशजीहरु हुनुँहुँदो रहेछ।
उहाँले यति राम्रोसँग भन्नुभयो कि। यी जस्तै थुप्रै विषय उत्खनन् गर्न बाँकी छ।
संविधान निर्माणको समयको किस्ता
संविधान निर्माणका लागि पहिलो संविधानसभामा दिइएको समयबारे एउटा राजमार्गको ढावाको कुरा सुनाउँदै रमेशजीले एकदिन मिठो किस्सा सुनाउनुभयो। । राती राजमार्गमा ढावाको अगाडि ट्रक रोकेको रे। त्यसको सहयोगीले ट्रकको चक्का फुकालेर राखेछ। अनि खाना खाएछन्। राती पिउने पनि गरेछन्। आनन्दसँग खाना खाइयो अब राजमार्गमा ट्रक गुडाउँदै अगाडि बढ्नुपर्छ भनेर ट्रक गुडाएछन्। रातभरी ट्रक गुडाएछन्।
बिहान हेर्दा त ढावा आयो। अब मुखसुख धुनुपर्छ । खाजा खानुपर्छ भन्दै ट्रकबाट उत्रेको । राती जुन ढावाबाट खाएर उठेको त्यहि ढावामा । ट्रक त रातभरी त्यँही चलेको चल्यै रहेछ। उहाँको जत्तिको मिठो भाषा त म बोल्न सक्दिन । यो कथा सुनाउँदै उहाँले संविधानसभाको चार बर्षे कार्यकालको कथा सुनाउनुभयो।
कुदेको कुदेकै छौँ ट्रक जहाँको त्यहिँ। वास्तवमा हामीले थुप्रै समय लगाएर काम गर्यौँ। ५ बर्ष ८ महिना निरन्तर छलफल गर्यौँ। हामीले राष्ट्रिय झण्डा देखि लिएर नेपालको नाम परिवर्तन गर्नेसम्मका छलफल गर्यौँ। यहि प्रसङ्गलाई दिक्क मानेर रमेशजीले त्यतिबेला कथा हालेको सम्झना छ।
काम गरेको गरेकै छ तर सहमति हुदैँन।