PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

एटिएमबाट पैसा चोरीमा भारतीय नागरिक : २ जना पक्राउ



पहिलोपोस्ट

एटिएमबाट पैसा चोरीमा भारतीय नागरिक : २ जना पक्राउ

काठमाडौं : अरुको एटिएम बाट पैसा झिक्ने दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले भारत चण्डीगढका इक्तेदार खान र भारत मंगलवजारका निरन्जन मेहतलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार उनीहरु १ महिनादेखी काठमाडौंको कमलपोखरी, माछापोखरी, भाटभटेनीमा रहेको एटिएमबुथबाट पैसा झिकेको खुलेको छ।

केही सेवाग्रहीले आफ्नो एटिएमबाट पैसा झिकेको भन्दै प्रहीमा उजुरी गरेपछि प्रहरीले एटिएम बुथको क्लोजसर्किट टेलिभिजनको फुटेज झिकाएर अनुसन्धान शुरु गरेको थियो।

उनीहरुमध्ये एक जना एटिएम भित्र जाने र अर्का एक जना बाहिर बस्ने गर्थे । बाहिर बस्नेले एटिमबाट पैसा झिक्न आएका अन्य ब्यक्तिलाई आफुलाई एटिएमबाट पैसा झिक्न सिकादिन आग्रह गर्थे ।

त्यसपछि एटिएम बुथमा झिरेर उनीहरुलाई केहि रकम झिक्न सिकाउँथे । त्यसपछि उनीहरु बाहिरिएपछि पुन पैसा निकाल्ने हो भन्ने अप्सन बटम थिचेर उनीहरुले रकम निकाल्थे ।

सर्भर स्लो भएको बेलामा अन्य ग्राहक बाहिरिएपछि पुन प्रयास गर्ने विकल्प आएपछि उनीहरुले पैसा निकालिदिने गरेको खुलेको ब्युरोद्धारा विज्ञप्तीमा उल्लेख छ।

यसअघि प्रहरीले अरुको एटिएम दुरुपयोग गरेर रकम झिक्ने ९ जना विदेशीलाई पक्राउ गरिसकेको छ। यस अगाडि पक्राउ परेकाहरुले पिन विवरण र गोप्य नम्बर चोरी गरी एटिएमबाट पैसा निकाल्ने गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell