PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

माओवादी केन्द्रीय सदस्य एमालेमा गए



पहिलोपोस्ट

काठमाडौँ : माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार कक्षपति नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले पार्टी कार्यालयमा आइतबार आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्।

उनीसँगै माओवादी केन्द्रका र मुगु जिल्ला कमिटीका सल्लाहकार धञ्जीत धियाल समेत एमालेमा प्रवेश गरे। ओलीले नवप्रवेशीलाई भेदभाव नगरी पुरानो पार्टीमा झै काम गर्ने वातावरण दिने बताएका थिए।

उनले एमालेमा आएर शिर निहुर्‍याउनु नपर्ने भन्दै छाती चौडा पारेर देशको निम्ति काम गर्न आग्रह गरेका थिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell