PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​पाँच हजार घुस माग्ने मालपोतका नायबसुब्बा पक्राउ



पहिलोपोस्ट

महेन्द्रनगर : सेवाग्राहीसँग घुस लिँदालिँदै धनुषा जिल्ला मालपोत कार्यालयsf नायब सुब्बा राधेशरण ठाकुर पक्राउ परेका छन्। जग्गा बाँडफाँडमा कागजी प्रक्रियामा भएको त्रुटी सच्याए वापत घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो।

धनुषाको रघुनाथपुर निवासी पाँच दाजुभाइको जग्गा बाँडफाँडमा कागजी प्रक्रियामा भएको त्रुटी सच्याउन जाँदा उनले घुस लिएको आयोगको बर्दिवास शाखाले जनाएको छ । 

कर्मचारीले बिगारिदिएको कागजको त्रुटी सच्याउन उनीहरुले लेखापढी व्यवसायी देवेन्द्र ठाकुरको सहयोग लिएका थिए । देवेन्द्रले छिटो काम गराउन ६ हजार शुल्कमा एक हजार थपेर कर्मचारीलाई दिए । तर, नासु राधेशरणले त्यसले नपुग्ने भन्दै चार हजार थप माग गरेका थिए।

सेवाग्राहीले एक हजार थप्न तयार रहे पनि चार हजार दिन नसकिने बताएपछि नासुले घुसको रकम बढाएर पाँच हजार पुर्‍याएपछि सेवाग्राहीले अख्तियारलाई खवर गरेका थिए।
रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell