PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

​सुरक्षा निकायको कारवाहीमा अफगानिस्तानमा ४१ लडाकु मारिए



पहिलोपोस्ट

​सुरक्षा निकायको कारवाहीमा अफगानिस्तानमा ४१ लडाकु मारिए

काबुल : गत चौबिस घण्टाको अवधिमा अफगानिस्तानमा कम्तीमा ४१ लडाकू मारिएका छन्। कारवाहीमा २५ जना घाइते भएका छन्। 

विद्रोहीविरुद्ध अफगानिस्तानको प्रहरी र सेनालगायतको सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ। 

‘गत चौबिस घण्टाको अवधिमा अफगानिस्तानको सरकारी सुरक्षाकर्मीहरुद्वारा जनताको जीवन रक्षाका लागि देशका विभिन्न ठाउँमा भएका सुरक्षा कारबाहीका क्रममा ४१ जनाको मृत्यु भएको छ र अन्य २५ जना घाइते भएका छन’, मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ। 

संयुक्त सुरक्षा फौजले कपिसा, उरुज्गान, कान्दहर, कुन्दुज र हेल्मण्ड प्रान्तमा सुरक्षा कारबाहीलाई बढी केन्द्रीत गरेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ। 

यस बाहेक कुन्दुज प्रान्तको आर्चीमा शनिबार अबेर भएको आत्मघाती हमलामा ६ जना मारिएका छन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell