PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा आफुबिरुद्ध भएको प्रदर्शनको आलोचना



पहिलोपोस्ट

​राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा आफुबिरुद्ध भएको प्रदर्शनको आलोचना

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको आलोचना गरेका छन्। 

आइतबार ट्वीटमार्फत् शपथग्रहणका बेला भएको प्रदर्शनको आलोचना गरेका हुन्। 

ट्रम्पले ट्वीटमा लेखेका छन् ‘मैले प्रदर्शनहरु हेरेँ, तर त्यसले मलाई यस्तो महसुस गरायो कि, के अमेरिकामा निर्वाचन भएको थियो र?’ 

उनले निर्वाचन नै नभई आफूले शपथग्रहण गरेको जस्तो प्रदर्शन भएको भन्दै घुमाउरो तरिकाले प्रदर्शनकारीको आलोचना गरेका छन्। 

शनिबार अमेरिकाका विभिन्न ठाउँमा महिलाहरुको सक्रियतामा लाखौँ प्रदशर्नकारीले प्रदर्शन गरेका थिए। रासस÷एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell